काठमाडौं – सर्वोच्च अदालतमा प्रहरी महानिरीक्षक (आइजीपी) पदमा धीरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णयविरुद्ध दायर रिट निवेदन आज सुनुवाई हुँदैछ । न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा रिट निवेदनमाथि सुनुवाइ हुने गरी पेसी तोकिएको हो ।

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले दायर गरेको रिट निवेदनमा आफूभन्दा डेढ वर्ष कनिष्ठलाई बढुवा गर्ने सरकारको निर्णय बदर गर्न माग गरिएको छ ।

गत आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सिंहलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध पोखरेलले सोमबार रिट निवेदन दायर गर्नुभएको हो । रिट निवेदनको प्रारम्भिक सुनुवाइ आज हुँदैछ ।