काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा चुनावी सभालाई सम्बोधन गर्न आज मोरङको विराटनगर जाँदै हुनुहुन्छ । चुनावी सभामा प्रधानमन्त्री देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री विश्वप्रकाश शर्मा लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

काङ्ग्रेसले साताव्यापी चुनावी आमसभा आजबाट सुरु गर्न लागेको हो । काङ्ग्रेसले देशका प्रमुख १० सहरमा साताव्यापी चुनावी सभा आयोजना गर्दैछ ।

चुनावी सभालाई सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा, प्रवक्ता प्रकाशशरण महत लगायतका नेताहरुले सम्बोधन गर्नुहुनेछ । विराटनगर महानगरपालिकामा गठबन्धनबाट काङ्ग्रेसका नागेश कोइराला मेयरका उम्मेदवार उठ्नुभएको छ ।