काठमाडौं – आसन्न स्थानीय तह निर्वाचनका उम्मेदवारहरूको सूची सार्वजनिक भएको छ । निर्वाचन आयोगले स्थानीय चुनावमा उठेका विभिन्न पदका उम्मेदवारहरूको सूची सार्वजनिक गरेको हो । आयोगले १ लाख ४५ हजार ९२ जना उम्मेदवारहरूको सूची सार्वजनिक गरेको हो ।

यसअघि विभिन्न प्राविधिक कारणले उम्मेदवारहरूको सूची प्रकाशनमा ढिलाइ भएको आयोगले जनाएको थियो । यो सूचीमा पनि केही थपघट हुन सक्ने आयोगले जनाएको छ ।