चितवन – सत्ता गठबन्धनले चितवनको भरतपुर महानगरपालिकाको लागि प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । यहाँ पाँचदलीय सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी नेता रेनु दाहाल मेयर र नेपाली काङ्ग्रेसका नेता चित्रसेन अधिकारी उप–मेयरका उम्मेदवार रहेका छन् ।

उनीहरूले आज ’लोकतान्त्रिक–वाम गठबन्धन भरतपुर महानगर समितिको प्रतिवद्धता पत्र’ सार्वजनिक गरेका हुन् । प्रतिवद्धता पत्रमा भरतपुर महानगरभित्र विकासका योजनादेखि किसानलाई पेन्सन दिनेजस्ता कार्यक्रम समावेश गरिएको छ । प्रतिवद्धता पत्रमा ’भरतपुरको विकासका लागि गठबन्धनको छैन विकल्प, एसियाकै नमूना महानगर हाम्रो साझा संकल्प’ भन्ने नारासमेत समावेश छ ।

उनीहरूले सुरक्षा र सम्मानको प्रत्याभूति गर्ने, भूमिहीनका लागि घरको व्यवस्था, एक वडा एक उत्पादन, जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा, गुणस्तरीय शिक्षा र निःशुल्क इन्टरनेट व्यवस्था गर्नेजस्ता एजेन्डा पनि प्रतिवद्धता पत्रमा समावेश गरेका छन् । ‘केन्द्र र प्रदेशसँग समन्वय गरी भरतपुरलाई एसियाकै नमूना सहर बनाउन सबै नगरवासीले गठबन्धनका उम्मेदवारलाई मतदान गर्नुहुनेछ भन्ने हाम्रो विश्वास छ,’ प्रतिवद्धता पत्रमा उल्लेख छ ।

हेर्नुहोस् प्रतिबद्धता पत्रमा उल्लेख गरिएका कुराहरुको पूर्णपाठ: