गोरखा – गोरखाको सिरानचोक गाउँपालिका–४ आरुबोटे स्थित फिरफिरेमा जन्ती बोकेको जीप दुर्घटना हुदाँ तीन जनाको मृत्यु भएको छ । चितवनको जिरौनाबाट जन्ती आएको बा १४ च ७८१ नम्वरको स्करपिओ जिप रोकिराखेको अवस्थामा एक्कासी गुडेर दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा काठमाडौं महानगरपालिका–१६ का पदम न्यौपाने, गोरखाको बारपाक सुलिकोट गाउँपालिका, चनौटेका देवीप्रसाद पोखरेल र नवलपरासीको कावासोती नगरपालिका–१४ का उत्तरकुमार सिग्देल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाए अनुसार, गाडी रोकेर चालक बाहिर निस्केको बेला एक्कासी गाडी पछाडी गुडेर तल खसेर दुर्घटना भएको हो । गाडी सडकबाट करिव दुई सय मिटर तल खसेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।