साङ्केतिक तस्वीर ।
काठमाडौं– काठमाडौंको बबरमहलमा गएराति स्कूटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । डडेल्धुराको अमरगढी नगरपालिका–५ घर भई हाल काठमाडौंको कोटेश्वर बस्ने अन्दाजी २६ वर्षीय केबिन श्रेष्ठ मृत्यु भएको हो ।

प्रहरीका अनुसार बानेश्वरबाट बबरमहलतर्फ आउँदै गरेको बा ६१ प ८९८८ नम्बरको स्कुटर अनियन्त्रित भई सडकको नालीमा पल्टिन गै दुर्घटना भएको थियो । घाइते श्रेष्ठलाई उपचारार्थ वीर अस्पताल लगिएको र उपचारका क्रममा राति करिब २ बजे उनको मृत्यु भएको प्रहरीले जर्नाको छ ।