फाइल तस्वीर
काठमाडौं – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्दैछ । अहिले बिहान ११ बजेका लागि बैठक तय भएको हो ।

अहिले बस्ने बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीको आजबाट रिक्त हुन लागेको प्रहरी महानिरीक्षक (आईजीपी) पदमा दुवै सुरक्षा निकायका प्रहरी महानिरीक्षकको नयाँ नियुक्त गर्ने बताइएको छ । दुवै प्रहरी सङ्गठनको नेतृत्व आजबाट प्रहरी महानिरीक्षकद्वय अनिवार्य अवकाशमा जान लागेकोले सरकारले दुई सङ्गगठनमा नयाँ प्रहरी महानिरीक्षक नियुक्त गर्न लागेको हो ।

नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरी बलका महानिरीक्षक पुष्पराम केसीले आजबाट अनिवार्य अवकाश पाउँदै हुनुहुन्छ ।