फाइल तस्वीर ।
काठमाडौं– आज १३३ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस । यसै सन्दर्भमा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार श्रमिकको श्रमको उच्च सम्मान गर्दै संविधानप्रद्धत अधिकारको सुनिश्चितता गर्न सदैव प्रतिबद्ध रहेको बताउनु भएको छ । प्रधानमन्त्री देउवाले अन्तर्राष्ट्रिय श्रमिक दिवसको सन्दर्भमा आज आाइतबार एक शुभकामना सन्देश जारी गर्दै उक्त धारणा व्यक्त गर्नु भएको हो ।

प्रधानमन्त्री देउवाले जारी गर्नुभएको शुभकामना सन्देशमा ‘निष्कृष्ट प्रकारको श्रम अभ्यासलाई अन्त्य गर्न श्रमिकको सङ्गठित हुन पाउने अधिकार र सामूहिक सौदाबाजी गर्न पाउने अधिकारलाई संविधानले मौलिक हकका रूपमा सुनिश्चित गरेको छ । श्रमिकको एकता र सङ्घर्षबाट नै परिवर्तन र उपलब्धि हासिल गर्न सम्भव भएको प्रधानमन्त्री देउवाको शुभकामना सन्देशमा भनिएको छ । ‘मर्यादित श्रम, सुरक्षित रोजगार, विकास र समृद्धिको आधार’ भन्ने मूल नाराका साथ सरकारले श्रमिक दिवस मनाउँदै छ ।