चितवन – चितवनमा टेम्पो पल्टिँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–९ बस्ने अन्दाजी ३५ वर्षीय लक्ष्मण बछाइ रहेको प्रहरीले जनाएको छ ।

सोही नगरपालिकाको–८ मगनी गाँउमा गए राति टेम्पो पल्टिँदा गम्भीर घाइते भएका उनको उपचारको क्रममा भरतपुरस्थित चितवन मेडिकल कलेजमा राति ११ बजे मृत्यु भएको हो ।

टुङ्गराबाट पर्सातर्फ आउँदै गरेको बागमती प्रदेश ०३–०१ ह १६ २१ नम्बरको टेम्पो गए राति १० बजे अनियन्त्रित भई पल्टिएको इलाका प्रहरी कार्यालय चितवनले जनाएको छ ।