काठमाडौं – आज देशभरका सातै प्रदेशमा पानी पर्न सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । केही भू–भागमा चट्याङसहित वर्षा हुने सम्भावना छ । प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही ठाउँ र बाँकी प्रदेशका केही पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ्सहित वर्षा हुने विभागको पूर्वानुमान छ ।

विभागका अनुसार पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य क्षेत्रमा आंशिक बदली रहने छ । आज राति प्रदेश १ र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी क्षेत्रको मौसम सफा रहने विभागले जनाएको छ ।

यसैगरी, गण्डकी प्रदेशका केही स्थान र प्रदेश १ र कर्णाली प्रदेशको पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ्सहित वर्षा हुने विभागको पूर्वानुमान छ ।