काठमाडौं – राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको सुनुवाइ आज हुँदैछ । न्यायाधीशहरू सपना प्रधान मल्ल र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासमा वैशाख १३ मा सुनुवाइ प्रारम्भ भएता पनि समय अभावका कारण हिजोका लागि तय भएको निवेदनको सुनुवाइ हेर्न नभ्याइएकाले आजका लागि ’हेर्दाहेर्दै’ मा राखिएको हो ।

गभर्नर अधिकारीले बिना जानकारी र बिना स्पष्टीकरण आफूमाथि छानबिन गर्ने भनेर समिति गठन गरिएको उल्लेख गर्दै उक्त निर्णय खारेजीको आदेश माग गर्दै ४ वैशाखमा सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका हुन् । यसअघि, न्यायाधीश हरिप्रसाद फुयाँलको यही ६ वैशाखमा एकल इजलासले जाँचबुझ समिति गठन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । सो आदेशलाई निरन्तता दिने वा नदिने भन्ने विषयमा सुनुवाइ भइरहेको छ ।