काठमाडौं – आन्तरिक वायुसेवा कम्पनीले भोलि रातिदेखि उडान बन्द गर्ने चेतावनी दिएका छन् । सङ्घले आज एक विज्ञप्ती जारी गर्दै वायुसेवा कम्पनीहरु बुद्ध एयर, यती एअरलाइन्स, श्री एयरलाईन्स, सौर्य एअरलाईन्स र गुण एयरलाइन्सका उडानहरु तालिका र स्लट संसोधन नभएसम्मका लागि सम्पूर्ण उडानहरु स्थगन गरिने चेतावनी दिएको हो ।

तत्कालको लागि राति आठ बजेपछि नियमिततर्फका उडान गर्न सक्ने अवस्था नरहेको जानकारी गराउँदा गराउँदै पनि प्राधिकरणले नयाँ स्लटको व्यवस्था गरेर पत्र पठाएको भन्दै सङ्घले आपत्ति जनाएको छ ।