काठमाडौं – निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको दिन यहि वैशाख ३० गते सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ । आयोगले वैशाख ३० मा देशभर सार्वजनिक बिदा दिन सरकारसँग सिफारिस गरेको हो । त्यसका लागि निर्वाचन आयोगले मुख्य सचिवमार्फत सरकारलाई अनुरोध गरेको छ ।

विगतमा पनि मतदानको दिन सार्वजनिक बिदा दिने गरिएको थियो । यसपटक पनि मतदानको दिन सार्वजनिक बिदाका लागि सरकारसँग सिफारिस गरिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । यो विषयमा मन्त्रिपरिषद् बैठकले निर्णय गर्नेछ ।