काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसबाट काठमाडौं महानगरपालिकामा मेयर पदकी प्रत्याशी सिर्जना सिंहले आज बिहीबार सात ‘स’ को सङ्कल्प सार्वजनिक गर्नुभएको छ । आज बिहीबार प्रतिबद्धता जारी गर्ने क्रममा उहाँले काठमाडौँ महानगरको सेवा र सुशासनदेखि सहरी सुरक्षा, संस्कृति, सम्पदा र सभ्यता, स्वच्छ र सफा सहर, सामाजिक सुरक्षालाई सङ्कल्पका रुपमा प्रस्तुत गर्नुभएको छ ।

काठमाडौं महानगरलाई विधिको शासन, नियम र कानूनभित्र रही चलाउने सङ्कल्प गर्नुभएकी सिंहले भ्रष्टाचारमुक्त चुस्त सेवा प्रवाह गर्ने पालिकाका रुपमा काठमाडौँलाई स्थापित गर्ने र काठमाडौंलाई महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई पूर्णरुपमा सुरक्षित बनाउने प्रतिज्ञा गर्नुभएको छ ।

त्यस्तै उहाँले काठमाडौंको फोहर व्यवस्थापनलाई विशेष प्राथमिकता दिने उल्लेख गर्नुभएको छ ।