फाइल तस्वीर


काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरणले कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । प्राधिकरणले करार सेवाका लागि आवेदन आह्वान गरेको हो ।

प्राधिकरणले रिक्त रहेका पदहरुमा स्थायी पदपूर्ति भए स्वतः हट्ने गरी बढीमा एक वर्षका लागि करारमा प्राविधिकतर्फ सातौं तहका लागि कर्मचारी नियुक्त गर्न लागेको हो ।

प्राधिकरणको दरखास्त आह्वानमा पुरुषको हकमा २१ वर्ष पूरा भएर ३५ वर्ष ननाघेको र महिलाको हकमा ४० वर्ष ननाघेका योग्यता पुगेका व्यक्तिले आवेदन दिन सक्नेछन् । लिखित परीक्षा वैशाख २३ गते हुनेछ । दरखास्त आह्वानमा सरिक हुन चाहने योग्य व्यक्तिले यहि वैशाख २१ गतेसम्म आवेदन दिन सकिने प्राधिकरणले जनाएको छ ।