काठमाडौं – हाल देशको पहाडी भूभागमा स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यता सफा रहने छ । बागमती प्रदेश र प्रदेश १ का पहाडी भूभागका थोरै स्थानहरूमा र गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ ।

राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यता सफा रहने छ । गण्डकी प्रदेश र प्रदेश १ को पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ ।