काठमाडौं – स्थानीय तहको निर्वाचनका लागि हिजो आइतबार र आज सोमबार भएको उम्मेदवार मनोनयनको क्रममा आज अपराह्न ४ बजेसम्म ३७ हजार ५ सय ८५ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगका अनुसार महानगरपालिका–उपमहानगरपालिका र नगरपालिकाका प्रमुख पदमा एक हजार ३ सय ९५ र उपप्रमुख पदमा ७ सय ८४ उम्मेदवारी परेको छ ।

गाउँपालिकाको अध्यक्षको पदमा एक हजार ३ सय २६, उपाध्यक्ष पदमा ८ सय २२ र वडाअध्यक्ष पदमा नौ हजार ७ सय ९७ जनाको उम्मेदवारी परेको छ । त्यस्तै, महिला सदस्य पदमा पाँच हजार ८ सय ४९, दलित महिला सदस्यमा पाँच हजार ९५ र सदस्यमा १२ हजार ५ सय १७ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।

यसअघि ३ बजेसम्म २८ हजार ८ सय ५ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगका अनुसार प्रमुख पदमा एक हजार १ सय ७० र उपप्रमुख पदमा ६ सय ३१ उम्मेदवारी परेको छ । त्यस्तै, गाउँपालिकाको अध्यक्षको पदमा एक हजार ५०, उपाध्यक्ष पदमा ६ सय ६ र वडाअध्यक्ष पदमा सात हजार ६ सय ६२ जनाले मनोनयन दर्ता गराएका छन् । यसैगरी, महिला सदस्य पदमा चार हजार ४ सय ३१, दलित महिला सदस्य पदमा तीन हजार ७ सय ७६ र सदस्य पदमा नौ हजार ४ सय ७९ जनाले उम्मेवादरी दर्ता गराएको आयोगले जनाएको छ ।