ललितपुर – ललितपुर महानगरपालिकाको प्रमुख पदमा सत्तापक्षीय गठबन्धनमा नेपाली काँग्रेसबाट चिरीबाबु महर्जनले र नेकपा (माओवादी केन्द्र)बाट बाबुराजा ब्रजाचार्यले उम्मेदवारी दर्ता गर्नुभएको छ । सोमबार दिउँसो समर्थकसहित चिरीबाबु र ब्रजाचार्यले आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो । महर्जन निवर्तमान नगर प्रमुख हुनुहुन्छ ।

यसैगरी, ललितपुर महानगरपालिकाको प्रमुख पदमा ११ जनाको उम्मेदवारी परेको छ । ललितपुर महानगरपालिकाको प्रमुखमा नेकपा (एमाले)बाट हरिकृष्ण ब्यन्जनकार र उपप्रमुखमा अन्जली शाक्यले उम्मेदवारी दिनुभएको छ । ललितपुर महानगरपालिकाका उपप्रमुख पदमा सात जनाको उम्मेदवारी परेको ललितपुर महानगरका सहायक निर्वाचन अधिकृत विष्णु पाण्डेले जानकारी दिनुभयो ।