बझाङ – बझाङको बुङ्गल नगरपालिकाका नेपाली काङ्ग्रेसका नगरसभापति नरेशबहादुर थापाले पदबाट राजीनामा दिएका छन् । बुङ्गल नगर प्रमुख उप–प्रमुख वडा अध्यक्षका सम्पूर्ण पदहरुमा नगरवासीको जनभावना टिकट वितरण गरेकोमा म नरेश थापा औचित्यहिन ठान्दछु । सोहि कारण आजको मितिबाटै नेपाली काङ्ग्रेसको नगर सभापतिबाट राजीनामा दिएको छु, राजीनामा पत्रमा लेखिएको छ ।

पार्टीले नेता जयबहादुर धामीलाई मेयरको टिकट दिएपछि थापाले असन्तुष्टि जनाउँदै स्थानीय तहको निर्वाचनमा टिकट वितरणमा जनभावना विपरित भएको उनको आरोप छ ।