काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालले आसन्न स्थानीय तहको निर्वाचनलाई दृष्टिगत गरी घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा प्रत्येक वडामा ५० र नगरपालिकामा ५ सय जना युवालाई रोजगारी दिने कुरा उल्लेख गरिएको छ । यसैगरी जसपाले माध्यमिक तहसम्मको शिक्षा व्यवहारिक रूपमै निःशुल्क र गुणस्तरीय बनाउने घोषणापत्रमा उल्लेख गरेको छ ।

दुई सय युनिटसम्मको खानेपानी बिललाई निःशुल्क गर्ने, आधुनिक शौचालय सुविधा नपुगेका घरपरिवारलाई शौचालय बनाउन रु १० हजारको अनुदान दिने, मधेसी, थारू, मुस्लिम, आदिबासी जनजाति, खस, सीमान्तकृत, अल्पसंख्यक तथा लोपोन्मुख जाति, शिल्पी र दलित, दूर्गमबासी, महिला, लैङ्गिक अल्पसंख्यक आदिको सम्मानजनक सहभागिता, प्रतिनिधित्व र साझेदारीलाई सुनिश्चित गर्नेजस्ता योजना घोषणापत्रमा उल्लेख भएको छ ।