धादिङ – धादिङ जिल्लाका स्थानीय तहमा गठबन्धनले भागबण्डाको टुङ्गो लगाएको छ । प्रदेशस्तरीय गठबन्धनको संयन्त्रले स्थानीय निर्वाचनको भागबण्डाबारे उम्मेदवारको टुङ्गो लगाएको हो ।

दुईवटा नगरपालिका सहित १३ वटा स्थानीय तह रहेको धादिङ जिल्लामा एक नगरपालिकासहित ७ स्थानीय तहको प्रमुखमा नेपाली काङ्ग्रेसले उम्मेदवार उठाउने भएको छ । यसैगरी तीन तीनवटा स्थानीय तहको प्रमुखमा माओवादी केन्द्र र समाजवादीका साझा उम्मेदवार बन्ने भएका छन् ।

थाक्रे गाउँपालिकाको हकमा भने जिल्ला संयन्त्रले उम्मेदवारको टुङ्गो लगाउने सहमति भएको बताइएको छ ।