काठमाडौं – आसन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाबाट मेयरको स्वतन्त्र उम्मेदवार बनेका –यापर बालेन साहले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । मेयरका स्वतन्त्र उम्मेदवार बालेनले आज आइतबार बिहान काठमाडौंमा एक कार्यक्रम आयोजना गरी आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।

उनले घोषणापत्रमा डिजिटल सरकारदेखि आइडिया बैंकसम्मको कल्पना गरेका छन् । शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासलगायतका क्षेत्रमा पनि उनले महत्वाकाङ्क्षी योजना अघि सारेका छन् ।