काठमाडौं – मेलम्ची खानेपानी आयोजनाको पानी आजबाट काठमाडौं उपत्यकामा पुनः वितरण सुरू गरिएको छ । खानेपानीमन्त्री उमाकान्त चौधरीले आज आइतबार बिहान नयाँ बानेश्वरस्थित पानी वितरण केन्द्रबाट पानीको निकास खुला गरेसँगै पानी उपभोक्ताहरुको धारामा पुगेको हो ।

गत वर्ष असार १ गते र १७ गतेको बाढीले मेलम्ची खानेपानी आयोजनालाई क्षतिग्रस्त बनाएपछि आपूर्ति रोकिएको मेलम्ची खानेपानी आयोजनाको आवश्यक मर्मत संभारपछि २९ चैतमा काठमाडौंतर्फ पानी पुनः पथान्तरण गरिएको थियो । उक्त पानी सुन्दरीजलमा जम्मा गरी आजबाट पुन उपभोक्ताको धारामा वितरण थालिएको हो ।