फाइल तस्वीर
काठमाडौं — सत्तारुढ दल नेपाली काङ्ग्रेसले घोषणा पत्र आज सार्वजनिक गर्दैछ । पार्टी कार्यालय सानेपामा स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गर्ने तय गरेको हो ।

काङ्ग्रेस महामन्त्री गगन थापा संयोजकत्वमा गठित घोषणापत्र तयारी समितिले तयार गरेको घोषणापत्र बनाएको थियो । उम्मेदवारको मनोनयनको समयमा काङ्ग्रेसले आज चुनावी घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।

काङ्ग्रेसले घोषणा पत्रमार्फत् जनतालाई अनावश्यक सपना नबाँड्ने बताएको छ । काङ्ग्रेसले घोषणापत्र तयार गर्नेक्रममा विभिन्न क्षेत्रका विज्ञहरुसँग सल्लाह गरेर चुनावी घोषणापत्र तयार गरेको बताइएको छ ।

काङ्ग्रेसले महानगरपालिकाहरुमा उम्मेदवारहरु टुङ्गो लगाउन पनि आजै कार्य सम्पादन समितिको बैठकसमेत बोलाएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन तालिका अनुसार आज ११ र भोलि १२ गते गरी दुई दिन उम्मेदवारी मनोनयन दर्ता गर्ने समय तोकेको छ ।