फाइल तस्वीर
काठमाडौं – देशको आजको मौसममा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागको मौसममा आंशिक बदली भै एक दुई स्थानमा पानी पर्ने सम्भावना रहेको छ भने बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने छ ।

प्रदेश १ को पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित क्षणिक÷हल्का वर्षाको सम्भावना रहेको छ । राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ र गण्डकी प्रदेशको एक वा दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित क्षणिक÷हल्का वर्षाको सम्भावना रहेको छ ।