फाइल तस्वीर
काठमाडौं — निर्वाचन आयोगले तोकिएको समयभित्र उम्मेदवारी दर्ता गर्न देशभरका निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको छ । आयोगले आइतबार बिहान १० बजेदेखि सोमबार अपरान्ह ५ बजेसम्म जतिबेला कुनैपनि व्यक्तिले उम्मेदवारी दिन चाहँदा दर्ता मनोनयन दर्ता गर्न निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको हो ।

केही निर्वाचन अधिकृतहरुले दलगतको आधारमा उम्मेदवारी दर्ता गर्नुपर्ने भनी निर्णय गरेको हल्ला फैलिएको भन्दै आयोगले त्यसरी समय नतोक्न निर्देशन दिएको हो ।

‘केही ठाँउमा गोलाप्रथा गरेर वा कुनै उपायले दलहरुलाई निश्चित समय छुट्याएको हल्ला आयो’ निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले भने, ‘त्यसरी समय नतोक्न, कार्यालय समयभित्र जुनसुकै बेलामा आएपनि मनोनयन दर्ता गर्न आयोगले निर्देशन दिएको हो ।’