फाइल तस्वीर
काठमाडौं – नेपाली काङ्गे्रसले महानगर र उपमहानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार टुङ्गो लगाउन शीर्ष नेताको बैठक सुरु भएको । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा वर्तमान र पूर्व पदाधिकारीबीचको छलफल सुरु भएको हो । शीर्ष नेताको बैठकमा संस्थापनइतरका नेता डा. शेखर कोइरालालाई पनि बोलाइएको छ ।

शीर्ष नेताबीच सहमति जुटेपछि शनिबार नै कार्यसम्पादन समितिको बैठक बस्ने नेताहरुले बताएका छन् । काङ्ग्रेसभित्र शेखर कोइराला पक्षीय खेमा गठबन्धनको विरोधमा उत्रिएको छ । उसले देशैगरी एक्लै चुनाव लड्नु पर्ने र सबै स्थानमा एकलौटी चुनाव जितिन्छ भन्ने कोइराला पक्षीय खेमाको हठ देखिंंदै आएको छ । संस्थापनइतर काङ्ग्रेसले भरतपुर, पोखरा र वीरगञ्ज महानगरपालिकामा गठबन्धनको उम्मेदवारविरुद्ध बागी उम्मेदवार उठाउने भएको छ । स्थानीय तहमा काङ्ग्रेस गठबन्धनविरुद्ध उत्रिंदा एमालेलाई थप बल पुग्ने देखिएको छ ।

स्थानीय तहको निर्वाचनको लागि उम्मेदवारले भोलि आइतबार र पर्सी सोमबार मनोनयन दर्ता गर्ने कार्यतालिक छ । छ वटा महानगरपालिकामध्ये नेपाली काङ्ग्रेसको भागमा तीन वटा महानगरपालिका परेको छ । बाँकी तीन वटामध्ये भरतपुर महानगर नेकपा माओवादी केन्द्रलाई, पोखरा महानगरपालिका नेकपा एकीकृत समाजवादी र वीरगञ्ज महानगरपालिका जनता समाजवादीको भागमा परेको छ ।