फाइल तस्वीर
काठमाडौं – निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई लक्षित गरी आज शनिबार पत्रकार सम्मेलन गर्दैछ । आयोगले अपरान्ह साढे ४ बजे पत्रकार सम्मेलन गर्न लागेको हो ।


आयोगले स्थानीय तह निर्वाचनका लागि भोलि आइतबार ११ गते र पर्सी सोमबार १२ गते गरी २ दिन ७७ मुख्य निर्वाचन अधिकृत र ६७६ निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम सार्वजनिक गरेको थियो ।

आयोगले गरेको निर्वाचनसम्बन्धी सबै तयारीको सन्दर्भमा जानकारी दिन प्रमुख निर्वाचन आयुक्त सहितको उपस्थितिमा पत्रकार सम्मेलन गर्न लागिएको आयोगका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए । राजनीतिक दलहरुले आजसम्ममा मनोनयनका लागि उम्मेदवारको टुङ्गो लगाउने भएका छन् ।