फाइल तस्वीर
काठमाडौं – आसन्न स्थानीय निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवार छनोट गर्न नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा दिउँसो तीन बजे बैठक बस्न लागेको हो ।

आज बस्ने सचिवालयको बैठकले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि महानगर र उपमहानगरपालिका उम्मेदवारको टुङ्गो लगाउने छ । ।

महानगरपालिका र उपमहानगरपालिकाकाबाट सिफारिस भए पनि एमाले उम्मेदवारको अन्तिम टुङ्गो लगाइसकेको छैन् । गठबन्धनले भागबण्डा लगाएता पनि उम्मेदवारको अन्तिम नाम सार्वजनिक गरेको छैन ।