काठमाडौं – काठमाडौंको दरबारमार्गबाट प्रहरीले रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको मेलुङ गाउँपालिका–४ भेड्पु घर भएका २९ वर्षीय तुलसाङ दोर्जे गोले र काभ्रे पाँचखाल नगरपालिका–२ घर भएका ३८ वर्षीय रामकुमार श्रेष्ठ रहेका छन् ।

प्रहरीवृत्त दरबारमार्गबाट खटिएको टोलीले उनीहरुलाई दरबारमार्गस्थित होटल मिर्चीबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीले पक्राउ पर्नेहरुको साथबाट १ थान रेडपाण्डाको छाला बरामद गरेको छ । उनीहरुलाई महानगरीय प्रहरीवृत दरबारमार्गले थप अनुसन्धान गरिरहेको जनाएको छ ।