काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले ललितपुर महानगरपालिकाको उपमेयर उम्मेदवारमा बाबुराज बज्राचार्यलाई सिफारिस गरेको छ । महानगर समितिको आज बसेको बैठकले बज्राचार्यलाई सिफारिस गरेको जनाएको छ ।

सत्ता गठबन्धनभित्र ललितपुर महानगरको मेयर पदमा काङ्ग्रेसले र उपमेयरमा माओवादीले उम्मेदवारी लिने सहमति पश्चात् माओवादी केन्द्रले ललितपुरको उपमेयरमा बाबुराज बज्राचार्यलाई सिफारिस गरेको हो ।