काठमाडौं – नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि आज घोषणापत्र सार्वजनिक गर्ने भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठानमा आज दिउँसो १ बजेपछि हुने कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम तय भएको हो ।

पार्टीको नीति तथा अनुसन्धान प्रतिष्ठान र स्थानीय विकास विभागले विभिन्न चरणमा छलफल गरेर घोषणापत्र तयार गरेका छन् । घोषणापत्र सार्वजनिक गरेपछि अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।