ललितपुर – ललितपुरको पाटन औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा अक्सिजन सिलिण्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतीय नागरिक बृजकुमार महतो रहेको र सात जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको ललितपुर प्रहरीले जनाएको छ ।

घाइतेहरुको पाटन अस्पताल र बीएण्डबी अस्पतालमा उपचार हुँदै गरेको जनाइएको छ । दुई दर्जनभन्दा बढी कामदार भए पनि अन्य कामदार बाहिरी क्षेत्रमा भएकाले ठूलो दुर्घटना नभएको र विस्फोटनले उद्योगमा क्षति पुगेको प्रहरीले जनाएको छ ।