काठमाडौं – आसन्न स्थानीय तहको निर्वाचनमा महानगर र उपमहानगरपालिकामा पार्टीका उम्मेदवार टुङ्ग्याउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटामा महानगरपालिका र उपमहानगरपालिकाका उम्मेदवार छान्न एमाले सचिवालय बैठक सुरु भएको हो ।

सत्ता गठबन्धनले ६ महानगर र ११ उपमहानगरको भागबण्डा टुङ्ग्याएको भोलिपल्ट एमालेले महानगर र उपमहानगरका उम्मेदवार छान्न लागेको हो । बैठकले ९ वैशाखमा सार्वजनिक गरिने चुनावी घोषणा पत्रलाई पनि अन्तिम रुप दिने उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जानकारी दिनुभएको छ । एमालेले स्थानीय तह निर्वाचनको लागि भोलि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ ।