काठमाडौं – देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा अहिले उत्तर प्रदेश, बिहार र पश्चिम बङ्गालमा बनेको न्यून चापीय रेखाको प्रभावका साथै स्थानीय वायुको प्रभाव छ ।

अहिले सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश तथा देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ । बिहीबार दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्र आंशिक बदली रहने छ । देशका पहाडी क्षेत्रका केही स्थान र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना छ ।

यस्तै राति पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहने छ । गण्डकी प्रदेश, बागमती तथा प्रदेश १ का थोरै स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना छ ।