काठमाडौं – नेकपा एमालेले तीन दलसँग चुनावी तालमेल गर्न निर्देशन दिएको छ । एमाले महासचिव शङ्कर पोखरेलले आज जिल्ला इञ्चार्ज तथा अध्यक्षहरूलाई पत्र पठाई राप्रपा नेपाल, परिवार दल र राष्ट्रिय जनमोर्चाको केन्द्रीय समन्वय परिषदसँग सहकार्य गर्न निर्देशन दिनुभएको हो ।

एमालेले गत चैत ३० मा कमल थापा नेतृत्वको राप्रपा नेपाल र एकनाथ ढकाल नेतृत्वको परिवार दलसँग चुनावी तालमेल गर्ने पाँच बुँदे सहमति गरेको थियो । यसैगरी, चित्रबहादुर केसीसँग विद्रोह गरेको जनमोर्चासँग पनि सहकार्य गर्न पनि एमालेले निर्देशन दिएको हो ।

महासचिव पोखरेलले पार्टीको प्रभाव र अवस्था हेरेर आ–आफ्नो कार्यक्षेत्रमा आवश्यक अनुसार सहमति कार्यान्वयन गर्न आग्रह गर्नुभएको छ ।