प्रतिकात्मक तस्वीर

काठमाडौं – काठमाडौंको ठमेलस्थित एक होटलको सातौं तलाबाट खसेर एक विदेशी नागरिकको मृत्यु भएको छ । उनी आज बिहान ठमेलको होटलबाट खसेका थिए । आयरल्यान्डका ३३ वर्षीय एलन मिक फिलिप्सको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । उनी ठमेलको होटल मनाङमा बसेका थिए ।

बिहान करिब साढे २ बजे सातौं तलामा रहेको छतबाट खसेर उनको मृत्यु भएको बताइएको छ । फिलिप्स त्यस होटलमा एक जना साथीसँग बसेका थिए । उनका अरू साथीहरू पनि नेपालमा आए/नआएको बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल पठाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको छ ।