काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले आसन्न स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।

राप्रपाले केही लोकप्रिय कार्यक्रम पनि घोषणापत्रमा उल्लेख गरेको छ । राप्रपाले सार्वजनिक गरेको घोषणापत्रमा १२ कक्षासम्म निःशुल्क, सार्वजनिक स्थलमा फ्री वाइफाइ, ज्येष्ठ नागरिकलाई निशुल्क धार्मिक यात्रा, स्थानीय करको दरमा ५० प्रतिशतसम्म कटौती लगायतका विषयहरु समावेश गरिएको छ ।

घोषणापत्रमा हरेक किशोरीलाई पाठेघरको क्यान्सरविरुद्धको खोप, गाईभैंसीलाई सुत्केरी भत्तालगायतका विषय पनि उल्लेख गरिएको छ ।

यस्तो छ घोषणापत्रको पूर्ण पाठ :