फाइल तस्वीर
काठमाडौं – पाँचदलीय सत्ता गठबन्धनको आज बसेको बैठकले महानगरको मेयर पद बाँडफाँडमा सहमति गरेको छ । सहमति भए अनुसार नेपाली काङ्ग्रेसको भागमा काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिका परेको छ भने नेकपा माओवादी केन्द्रको भागमा भरतपुर महानगरपालिका, नेकपा एकीकृत समाजवादीको भागमा पोखरा महानगरपालिका र वीरगञ्ज महानगरपालिका जनता समाजवादी पार्टीको भागमा परेको छ ।


तर बैठकले उपमहानगरपालिकाको बाँडफाँडमा भने सहमति जुट्न सकेको छैन । अबको बैठक ११ वटा उपमहानगरपालिकाको मेयर पदको भागबण्डामा छलफल केन्द्रीत हुने नेताहरुले बताएका छन् ।
स्थानीय तहको निर्वाचनको उम्मेदवार मनोनयन दर्ता मिति वैशाख ११ र १२ गते गर्ने गरी निर्वाचन आयोगले कार्य तालिका सार्वजनिक गरिसकेको छ ।