फाइल तस्वीर
काठमाडौं – सर्वोच्च अदातलले स्थानीय तहका जनप्रतिनिधिले वैशाख ३० गते हुने निर्वाचनमा मनोनयन दर्ता गर्नुअघि पदबाट राजीनामा दिनुपर्ने फैसला गरेको छ । सर्वोच्च अदालतले बहालवाला जनप्रतिनिधिहरुले निर्वाचनमा उम्मेदवारीको मनोनयन दर्ता गर्नुपूर्व आफु कार्यरत रहेको पदबाट राजीनामा दिनु पर्ने फैसला गरेको हो ।

निर्वाचन आयोगले आचारसंहितामार्फत बहालवाला जनप्रतिनिधिहरुले उम्मेदवार बन्न मनोनयन गर्नुपर्ने प्रावधान राखेको थियो । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले निर्वाचन आयोगले आचारसंहितामा उल्लेख गरेको राजीनामा दिनुपर्ने प्रावधानका विरुद्ध सर्वोच्चमा दायर गरेको रिट निवेदन दर्ता गर्नुभएको थियो ।

सो प्रावधानविरुद्ध पदबाट राजीनामा दिनुपर्ने प्रवाधान तत्काल कार्यान्वयन नगर्नु भनी सर्वोच्च अदालतले यसअघि दिएको अल्पकालीन अन्तरिम आदेशलाई मङ्गलबार खारेज गरिदिएको छ । न्यायाधीशहरु तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले रिटलाई नै खारेज गरिएको छ ।