फाइल तस्वीर
काठमाडौं – नेपाली काङ्ग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन कुनै हालतमा टुटाउन नहुने बताउनु भएको छ । प्रधानमन्त्री देउवाले पाटीको भातृसङ्गठन नेपाल विद्यार्थी सङ्घले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

प्रधानमन्त्री देउवाले पाँचदलीय गठबन्धनलाई टुटाउन विभिन्न कोणबाट षड्यन्त्र भइरहेको भन्दै त्यो षड्यन्त्र सफल नहुने दावी समेत गर्नुभएको छ । प्रधानमन्त्री देउवाले ‘गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ । गठबन्धन टुट्यो भने के हालत हुन्छ ? त्यस्तो अवस्था नआओस्, संविधानअनुसार कसैको बहुमत आउने अवस्था छैन’ भन्नुहुँदै काङ्ग्रेस ठूलो होस्, हामी सानो नै हुन्छौं भनेका छन् उनीहरुले । अनि मैले के गल्ती गरें ?’ प्रतिप्रश्न गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले ‘गठबन्धन कुनै हालतमा तोड्नु हुँदैन’ भन्दै आफू प्रधानमन्त्री र पार्टी सभापति भइसकेकाले अब नयाँ पुस्ताको पालो आएको बताउनु भयो । ‘म प्रधानमन्त्री भइसके अब तपाईहरु हुनुस् भोलि,’ प्रधानमन्त्री देउवाले युवा विद्यार्थीका सामु यस्तो प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।