काठमाडौं – आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा (एमाले)ले जारी गर्ने घोषणापत्रको मस्यौदा पारित गरेको छ । पार्टी अध्यक्ष ओली निवास बालकोटमा हिजो सोमबार सम्पन्न बैठकले सो निर्णय गरेको पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । घोषणापत्र तयारीका लागि पार्टीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा समिति गठन गरेको थियो ।

एमालेले आगामी शुक्रबार केन्द्रमा घोषणापत्र पालिकास्तरमा प्रतिबद्धतापत्र सार्वजनिक गर्ने भएको छ । बैठकले पार्टीमा १२ विभाग थप गर्ने, सल्लाहकार परिषद्लाई विस्तार गरेर २७८ सम्पर्क समन्वय कमिटीमा ५१ जना थप गर्ने भएको पार्टीका उपमहासचिव गुरुङले जानकारी दिनुभयो । बैठकले पार्टी पङ्ितलाई निर्वाचनमा केन्द्रित हुन पनि निर्देशन दिएको छ । रासस