फाइल तस्वीर
काठमाडौं – काठमाडौं महानगरपालिका वडा नम्बर–३० का वडा सदस्य निरजराज सत्यालको निधन भएको छ ।

वि.सं. २०७४ को स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिका वडा नम्बर–३० को वडा सदस्यमा निर्वाचित सत्यालको आइतबार राति ९ बजे निधन भएको हो । उनी लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए । उनले भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका थिए ।

नेपाली कांग्रेसको प्रमुख भातृसंस्था नेपाल विद्यार्थी संघबाट आफ्नो राजनीति अगाडि बढाएका सत्याल त्रिचन्द्र क्याम्पसको पूर्वस्ववियु पदाधिकारी थिए । उनी काठमाडौं क्षेत्र नम्बर–४ को पूर्वक्षेत्रीय सदस्यसमेत थिए । उनको गए राति नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । रासस