फाइल तस्वीर
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले)को आज सोमबार सचिवालय बैठक बस्दैछ । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी चुनावी एजेण्डाहरूमाथि छलफल सचिवालयको बैठक बस्न लागेको हो ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आज अपरान्ह ६ बजे सचिवालयको बैठक बोलाइएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताउनु भएको छ ।

त्यसअघि ११ बजे पार्टीको बैठक केन्द्रीय कार्यालयमा बस्नेमा बस्ने बताइएको छ । बैठकमा आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारहरुको छनोटदेखि पार्टीको चुनावी घोषणापत्र लगायतका विषयहरुमा छलफल हुने बताइएको छ ।

एमालेले आसन्न स्थानीय तहको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र (राप्रपा,नेपाल) सँग चुनावी तालमेल गर्ने रणनीतिमा पनि छलफल हुने बताइएको छ । राप्रपा नेपालले एमालेको चुनावी सूर्य चिन्हबाट निर्वाचन लड्ने राप्रपाका नेपालका अध्यक्ष कमल थापाले घोषणा नै गरिसकेका छन् । त्यस बाहेर स्थानीय तहमा आवश्यकता अनुसार अन्य पार्टीहरुसँग पनि चुनावी तालमेल गरेर जान सकिने एमाले केही समय पहिले सार्वजनिक गरेको थियो ।