फाइल तस्वीर
काठमाडौं – लुक्लाको लागि उडेको समिट एयरको जहाज दुर्घटना हुनबाट जोगिएको छ । काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट लुक्लाका लागि उडेको उक्त जहाजको एउटा इन्जिन फेल भएपछि पुनः काठमाडौंमै फर्काएर सुरक्षित अवतरण भएको विमानस्थल कार्यालयले जनाएको छ ।


लुक्लाका लागि काठमाडौंबाट आज बिहान ११ बजेर ४७ मिनेटमा एसएमए ४०७ उडान नम्बरको जहाज उडेको थियो । विमानमा खराबी आएपछि उक्त जहाजलाई काठमाडौं फर्काइएको थियो । जहाजलाई सुरक्षित अवतरण गराउन त्रिभूवन विमानस्थल करिब १० मिनेटका लागि बन्द गरेर जहाज अवतरण गराइएको थियो । सम्भावित ठूलो दुर्घटनाबाट जोगिएको उक्त जहाजका सबै यात्रुहरु सुरक्षित रहेको विमानस्थल कार्यालयले जनाको छ ।