फाइल तस्वीर
काठमाडौं – पाँच दलीय सत्तागठबन्धनको आज बसेको बैठकले मातहतको संयन्त्रलाई बैशाख ४ गतेसम्म स्थानीय तहको वस्तुस्थिति पठाउन समय थप गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकले समय थप गरेको हो ।

बैठकले चुनावी तालमेलको ढाँचा बनाउने भनिएता पनि मातहतका संयन्त्रबाट प्रतिवेदन प्राप्त नभएकाले निर्णयमा पुग्न नसिएको बताइएको छ । गठबन्धनले स्थानीय तहको वस्तुस्थिति पठाउन यसअघि २ पटकसम्म समय थप गरेको थियो ।