सान्नीकोट – अछाममा एक युवती दुई दिनदेखि बेपत्ता भएकी छन् । अछामको मङ्गलसैन नगरपालिका वडा नम्बर ४ सान्नीकोट निवासी किरण केसी हिजोदेखि बेपत्ता भएकी हुन् ।

स्थानीय कर्णबहादुर धामीकी २० वर्षीय छोरी किरण केसी मङगलसैन नगरपालिका वडा नम्बर ५ सान्नीकोट बजारबाट घर जान्छु भनी दिउँसो ३ बजे हिँडेको र त्यसपछि फर्किएर नआई बेपत्ता भएको पारिवारिक स्रोतले बताएको छ ।

बेपत्ता भएकी उक्त युवती कान सुन्न र बोल्न नसक्ने रहेको बताइएको छ । बेपत्ता युवतीका आफन्तले उनको खोजी गरिदिन सार्वजनिक अपिल गर्नुका साथै प्रहरीमा निवेदन समेत दर्ता गराइसकेको बताएका छन् ।