काठमाडौं – नेपाल मेडिकल काउन्सिलले यस वर्षको चिकित्सक दर्ता प्रमाणपत्र लाइसेन्स परीक्षाका लागि अनलाइन आवेदन खुला गरेको छ । वि.सं २०७९ जेठ १२ गतेदेखि १४ गतेसम्म हुने परीक्षाका लागि आजदेखि अनलाइन फाराम खोलिएको हो ।

आगामी वैशाख २८ गतेसम्म नियमित तथा २९ र ३० गतेसम्म विलम्ब शुल्क तिरेर फाराम बुझाउन सकिने काउन्सिलले जनाएको छ । परीक्षा पुलचोक इन्जिनियरिङ कलेजमा कम्प्युटर प्रविधिबाट हुनेछ ।

सूचना हेर्नुहोस् :