काठमाडौं – राष्ट्रिय सभाका सदस्य नारायण दाहालले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ । आज मङ्गलबार राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले दाहाललाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा राष्ट्रिय सभाका सदस्य नारायण दाहाललाई राष्ट्रियसभा सदस्य मनोनित गर्नुभएको थियो ।