काठमाडौं – आज देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ ।

प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागहरूका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । भोलि बुधबार पनि प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । पहाडी भू–भागहरूका केही र तराई भेगका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै गरी बिहीबार देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । पहाडी भू–भागहरूका केही र तराई भेगका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको छ । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।